भन्सार विभागले बनायो छानबिन समिति, जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भन्सार विभागले बनायो छानबिन समिति, जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्ने तयारी



काठमाडौं । तस्करीको करिब १ क्विन्टल सुनको बरामद भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको हो।

समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्न रहेको कर्मचारीहरुसँग छानबिन गर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर सिनामंगलको सडकमा निस्किसकेको अवस्था राजस्व अनुसन्धान विभागको टोलीले विशेष सुराकीका आधारमा मंगलबार राति तस्करीको सुन बरामद गरेको थियो।

यो घटनामा संलग्न रहेको आंशकामा विभागले एक भारतीयसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीको संलग्नताबारे पनि छानबिन गर्नेछ। विमानस्थलमा रहेका सीसीटीभी फुटेजमा पनि समितिले हेर्नेछ।

अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी विभागले गरेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार विभागले कारबाही अघि बढाउनेछ।

प्रकाशित : 20 July, 2023 11:50 am