रेकर्ड नजिक सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रेकर्ड नजिक सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं। नेपाली बजारमा सुनको मुल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुुनकाे मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको छ। सुनको यो मुल्य हालसम्म दोस्रो उच्च हो। यसअघि गत जेठ १९ गते सुनको मुल्य प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।

मंगलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार थियो।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार ११:४६