कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सरकारको निर्णय



काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कम्पनी दर्ता शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा।रविन मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलको इटालीको भ्रमणलाई समेत स्वीकृत गरेको छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार ११:३५