प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु



काठमाडौं । मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज देखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो।

दुवै कम्पनीको गत जेठ २६ गतेको साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ। मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई रहनेछन्। भट्टराईको नियुक्ति नेपाल बीमा प्राधिकरणले स्वीकृत गरिसकेको छ।

प्रभु लाइफ र महालक्ष्मी लाइफलाई बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्तापुँजी पुगेको छ। बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्तापुँजीका लागि एकीकृत कारोबारपछि ९० करोड रुपैयाँबराबर प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सहमति पनि भएको छ।

दुवै कम्पनीको सम्पूर्ण हरहिसाब र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्ने प्रयोजनका लागि असार २९ गतेदेखि असार ३१ गतेसम्म सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहनेछ।

प्रकाशित : २९ असार २०८०, शुक्रबार १२:४४