मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता



काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु एक जना बेपत्ता छन् । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका – ५ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

घट्ना स्थलबाट अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको जनाइएकाे छ । मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण भने अहिलेसम्म खुलेकाे छैन ।

प्रकाशित : २६ असार २०८०, मंगलवार १३:३४