मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन



काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौँको लागि उडेको मनाङ एयरको 9N-AMV (AS 50) कल साइनको हेलिकप्टर सम्पर्क बिहिन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार स्थानीय समय अनुसार बिहान १० बजेर ५ मिनेटमा हेलिकप्टर सम्पर्क बिहिन भएको हो ।

सम्पर्कबिहिन हेलिकप्टरको खोजि तथा उद्दार कार्यको लागि काठमाडौँबाट अलटिच्युड एयरको हेलिकप्टर प्रस्थान गरिसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सम्पर्क बिहिन हेलिकप्टरमा ५ यात्रु र एक क्याप्टेन सहित ६ जना सवार छन् ।

पर्यटन मन्त्री सुदन किरातीले घटनाबारे केही समय पछि सत्य तथ्य जानकारी आउने बताएका छन् ।

प्रकाशित : २६ असार २०८०, मंगलवार १२:५३