साँवा–ब्याज बुझाउन चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ऋणीलाई सरकारले दियाे १५ दिनकाे समयसीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

साँवा–ब्याज बुझाउन चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ऋणीलाई सरकारले दियाे १५ दिनकाे समयसीमा



काठमाडौं । सरकारले समस्याग्रस्त घोषित चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ऋणी सदस्यलाई १५ दिनभित्र कर्जाको साँवा–ब्याज बुझाउन आग्रह गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना प्रकाशित गरी उक्त सहकारीका ऋणी सदस्यलाई कर्जाको साँवा–ब्याज बुझाउन आग्रह गरेको हो।

तोकिएको अवधिभित्र बुझाउन बाँकी कर्जाको साँवा–ब्याज तिर्न नआएको खण्डमा ऋणी सदस्यहरुको नाममा रोक्का राखिएको अचल सम्पत्तिहरु सहकारी ऐन, २०७४ नियमावली, २०७५ बमोजिम लिलाम बिक्रीबाट असुल गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ।

प्रकाशित : २४ असार २०८०, आईतवार १५:१६