काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ७ वटा नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले प्रकृयाँ पुरा गरेका नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गर्ने निर्णय गरेको थियो ।
हिजो गरेको निर्णय सँग आज सन सेक्युरिटिजलाई ६४ नम्बर, क्यापिटल म्याक्स सेक्युरिटिजलाई ६२ नम्बर पाएका छन् । आज हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज र प्रोपर्टी विजार्डले ब्रोकर नम्बर पाएका हुन् ।
नेपाल धितोपत्र बोर्डले ४३ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । जस मध्ये १७ वटाले प्रमाणपत्र पाइसकेका छन् । बाँकीले क्रमश पाउदै जाने बोर्डले जनाएको छ । आज प्रमाणपत्र पाए सँगै उनिहरुले अव कारोबार गर्न पाउने छन्
Comment