सहकारीको साख जोगाउन पालिका र अभियान जुटौ : अध्यक्ष पुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीको साख जोगाउन पालिका र अभियान जुटौ : अध्यक्ष पुन



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद पुनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेको सहकारी क्षेत्रमाथि यतिबेला चौतर्फी आक्रमण भइरहेको बताएका छन् । मालिका गाउँपालिका सहकारी शाखाले सञ्चालन गरेको तिनदिने सहकारी शिक्षा तालिमको आइतवार समापन कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताएका हुन ।

समस्या हरेक क्षेत्रमा छन्, सहकारी क्षेत्रमापनि समस्या छन्, समस्या देखिएका छन्, केहीनियत खराव भएका सहकारीहरुले गरेको बद्मासीलाई देखाएर आम सहकारी क्षेत्रलाई तर्साउने गरी भएकाप्रचारलाई निस्तेज पार्नका लागि सबै तहका सरकार र अभियानगंभिर बन्नु पर्नेमा उनको जोड थियो ।

बदमासी गर्नेलाई कार्वाही गर्ने हो, उनीहरुले गरेको गल्तीको भारी आम सहकारीलाई बोकाउने गरी जसरी प्रचार गरिएको छ, यसलाई चिर्नका लागि पालिका सरकारले पहल गर्ने र त्यसमा पालिका भित्रका सबै सहकारीहरुले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।

सहकारीका सञ्चालक र कर्मचारीहरुले कमजोरी गरेका छन् भने हामीले कार्वाही गर्छौ, तर देशमा आएको वित्तीय संकटका कारण समस्या देखिएका सहकारीहरुलाई जोगाउनु पनि पालिकाको र अभियानको जिम्मेवारी हो, अध्यक्ष पुनले भने, कुनै क्षेत्रमा समस्याआयो भने सबै एउटै हुन, सबै बद्मास हुन्, सबैले गलत गरेका छन् भन्ने तरिकाले प्रचार गरिनु हुदैन ।

सहकारी संस्थाहरुले वचततथा ऋणको कामसंगै सदस्यहरुलाई उत्पादनमा अग्रसर गराउने, उत्पादित वस्तुको बजारीकरणमा समेत ध्यानदिनु पर्नेमा अध्यक्ष पुनले जोड दिए ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगरले समुदाय केन्द्रीत सहकारीले गरेको सकारात्मक विषयहरु जनता र राज्यका बीचमा लैजानु पर्नेमा जोड दिइन । सहकारीले विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक सशक्तिकरणमा धेरै योगदान गरेका छन, केही बदमास सहकारीहरुका कारण सबैलाई एउटै तरिकाले हेर्ने र व्यवहार गर्न नुहने उनको भनाइ थियो ।

तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट नवमालिका वचत तथा ऋण सहकारी संस्थाका सचिव छवि वि.क. र न्यू दरवाङ महिला वचत तथा ऋण सहकारी संस्थाका सचिव लक्ष्मी सापकोटा आचार्यले तालिमबाट सहकारी संस्थालाई थप व्यवस्थित गराउन आवश्यक विषयहरु र सदस्यसंगको सम्बन्ध थप विस्तारका लागि योजना बनाउने विषयमा समेत सचेत बनाएको बताएका थिए ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु गरेका थिए । तालिममा गाउँपालिकाको सहकारी ऐन र पालिकाका सहकारीहरुको सम्बन्ध, सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको भूमिका, सहकारीमा वचत परिचालन र ऋण जोखिम व्यवस्थापन, सदस्यहरुका लागि वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका योजना अधिकृत तथा सहकारी शाखाप्रमुख सोम बहादुर केसीले जानकारी दिए ।

प्रकाशित : १८ असार २०८०, सोमबार १४:११