एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर, अन्तरबैंक फन्ड ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर, अन्तरबैंक फन्ड ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क



काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफर घोषणा गरेको छ। अफरमा ग्राहकले ईएनएमबि एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन् ।

चाहे परिवार र साथीहरुलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रुपमा रकम ट्रान्सफर गर्न सक्षम बनाउँछ। सो अफर साउन मसान्तसम्म लागू हुनेछ।

यसका साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकलाई निःशुल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ। एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरु प्राप्त गर्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : १८ असार २०८०, सोमबार १२:२६