काठमाडाैं । सधै मुद्दा र बहस पैरवीमा व्यस्त रहने देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसयाी आन्दोलनमा उत्रिएका हुन् ।
बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो । तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।
कानून व्यवसायीहरुले नासु प्रेमिकाले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन्। ललितपुर बार अध्यक्ष राम श्रेष्ठले सेवा लिन जाने कानून व्यवसायीमाथि नै मुक्का प्रहार गरेको आरोप लगाए।
Comment