नरैनापुरमा भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नरैनापुरमा भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण



नरैनापुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरणगरेकी छिन् ।

नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिइन्।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री रन्जीताले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरुलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताइन् । मन्त्री रन्जीताले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन् ।

उनले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउदै साउन महिना भित्रै कार्यालय संचालनमा आउने जिकिर गरिन । मन्त्री रन्जीताले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब संचालनका लागि मन्त्री परिषदको बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता व्यत गरेकी छिन् ।

मन्त्री रन्जीताले भूूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्ने गरी काम भई रहेको बताउदै मुक्त हलीया, कमलरी, कमैयाहरुको समस्या समाधान गर्नका लागि आफू लागि परेको बताइन् ।

मन्त्री रन्जीताले भन्नुभयो,अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन । उहाँले आफ्नो कार्यकालभित्रै भूमिहीनहरूको समस्या समाधान गर्नेगरी काम गरिरहेको जानकारी दिएकी थिइन् ।

कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा मन्त्री रन्जीतालाई माला लगाएर स्वागत गर्नुका साथै नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय संचालनका लागि पहल गरी दिन आग्रह गरेका थिए । उनले नरैनापुरको विकासका लागि समेत ध्यान दिन मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पुर्जा वितरण कार्यक्रममा बाँके क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर १ का अध्यक्ष इसाक जोहाल, वडा ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख भरत महतो, मन्त्रालयका प्रतिनिधि, नापी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो भने मन्त्रालयका महानिर्देशक जनक राज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १७ असार २०८०, आईतवार ११:३३