नेपाल तरुण दल केन्द्रीय समितिमा इलामबाट पाँच जना मनोनित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाल तरुण दल केन्द्रीय समितिमा इलामबाट पाँच जना मनोनित



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा इलामबाट पाँच जना तरुण मनोनित भएका छन् ।

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप चार सय जनालाई मनोनयन गरेका हुन् ।

इलामबाट मनोनित हुनेहरुमा नेविसंघ पूर्व जिल्ला सभापति एवम कांग्रेसका पूर्व कोषाध्यक्ष विष्णु (हेम)कार्की, तरुण दलका इलाम उपसभापति निर्मल राउत, कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम कलाकार सन्तोष गुरुङ, तरुण दलको क्षेत्रीय कोषाध्यक्ष साथै महिला संघमा क्रियाशील नेतृ अम्बिका बाँस्कोटा र निर्माण व्यवसाय साथै राजनीतिमा सक्रिय जनक तिमल्सिना मनोनित भएका हुन् ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।

प्रकाशित : १४ असार २०८०, बिहीबार १५:२६