सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य बिहीबार प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । बुधबार पनि सुनको मूलय प्रतितोला ६०० रुपैयाँले घटेको थियो ।

यसअघि बुधबार पनि सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो ।

प्रकाशित : १४ असार २०८०, बिहीबार १२:०९