ललिता निवास जग्गा प्रकरण: पक्राउ परेका सरकारी वकील कार्यालयमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ललिता निवास जग्गा प्रकरण: पक्राउ परेका सरकारी वकील कार्यालयमा



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ । बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगेको हो ।

व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : १३ असार २०८०, बुधबार १६:१४