भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ



काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणमा मुछिएका गुरुङ प्रहरीको फरार सूचीमा रहेका थिए । उनले ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको आरोप रहेको छ ।

प्रकाशित : १२ असार २०८०, मंगलवार १२:२१