पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा‍.ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा‍.ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा उनी विरुद्द गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो।

अख्तियारका अनुसार तत्कालीन सदस्य सचिव डा. ढकालले पदमा बहाल रहँदा गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको छ । उनी सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४ साल साउन ३२ गतेदेखिको सम्पत्ति विवरण पेश गरेको मिति २०७९ साल जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको थियो।

यस अवधिमा विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ निज सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत उनी र उनको परिवारको बैंक खातामा रहेको मौज्दात रकम, निजको पारिश्रमिक बचत लगायत हेरिएको थियो । जसमा आयतर्फ स्रोत खुलेको ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ देखिएको छ । यसै अवधिको विभिन्न शीर्षकमा भएको व्ययतर्फ अनुसन्धान गर्दा ७ करोड ८४लाख ५ हजार ९४ रुपैंया खर्च तथा लगानी भएको देखिन्छ ।

वैधानिक श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति एक करोड ४४ लाख ११ हजार ७८१रूपैंया रहेको आयोगले जनाएको छ । सार्वजनिक पद धारण गरेका ढकालले प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको अख्तियारको भनाई छ । उनीविरुद्ध एक करोड ४० लाख ११ हजार ७८१ रूपैंया बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : ११ असार २०८०, सोमबार १५:०७