‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय, मिति जुराउन आयोगले माग्यो सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय, मिति जुराउन आयोगले माग्यो सुझाव



काठमाडौं । मधेशी आयोगले मधेश दिवस मनाउने निर्णय गरेको छ । आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा आयोगले मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरु संग छलफल गरेको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पुर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पुर्व न्यायधिश गिरिशचन्द्र लाल, पुर्व न्यायधिश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पुर्व सदस्य ब्रह्मदेव राय, पुर्व सांसद सकलदेव सुतिहार सहितका विज्ञहरु संग आयोगले मधेश दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले नेपाल र नेपाली, मधेश र मधेशीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरु मध्ये कुन राम्रो हुने उद्देश्यका साथ् आगामी दिनहरुमा सरोकारवालाहरुसंग गहन छलफल गरी सो मितिमा मधेश दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आयोगले सबै सरोकारवालाहरु संग मधेश दिवस मनाउन उपयुक्त मिति सम्बन्धी रायरसुझाव समेत सो प्रेस विज्ञप्ति मार्फत माग गरेको छ ।

प्रकाशित : ११ असार २०८०, सोमबार १३:१२