लुटपाटका घटना बढेकोमा सुनचाँदी ब्यवसायीको ध्यानाकर्षण, सुरक्षाको प्रत्याभुति दिलाउन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लुटपाटका घटना बढेकोमा सुनचाँदी ब्यवसायीको ध्यानाकर्षण, सुरक्षाको प्रत्याभुति दिलाउन माग



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले देशमा आर्थिक मन्दी बढेसंगै लुटपाटका घटना बढ्न थालेकोमा महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

यही असार १० गते आईतवार बिहान २ः०० बजे नेपाल सुनचाँदी व्यवसायी संघ, महोत्तरीमा न्यू साई ज्वेलर्सका संचालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका संचालक एवं नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका सहसचिव चन्दन कुमार साहको पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी भएको महासंघले बताएको छ ।

सो पसलबाट सेफ (लकर) र गरगहना सहित ठूलो धनमाल चोरी भएको महासंघले जनाएको छ । ुगरगहना चोरी गरी फरार रहेका ब्यक्तिको खोजीगरी कारवाही गर्न महासंघ जोडदार माग गर्दै पुनः यस किसिमका घटना हुन नदिन गृह प्रशासनसँग माग समेत गर्दछ । लुटपाटको क्रममा अज्ञात समुह संलग्न भएको पाइएको छ । सो समूहको तत्काल पहिचान गरी आवश्यक कारवाहीको लागि हामी जोडदार माग गर्दछौं ।ु महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सुनचाँदी ब्यवसाय आफैंमा संवेदनशील ब्यवसाय हो । यस ब्यवसायको क्षेत्रमा बारम्वार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । हाल व्यवसायीहरु आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च भएको बेलामा चोरी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सम्वद्ध निकायसँग महासंघले जोडदार माग गरेको छ।

प्रकाशित : ११ असार २०८०, सोमबार १२:४२