सन्‌राइज बैंकद्वारा अंगभंग भएका व्यक्तिहरुलाई कृतिम अंग प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सन्‌राइज बैंकद्वारा अंगभंग भएका व्यक्तिहरुलाई कृतिम अंग प्रदान



काठमाडौं । सन्‌राइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । आषाढ ७ गते रोटरी क्लब, वीरगंजमा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रदान गरेकाे हाे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सिएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई दुई लाख पचहत्तर हजारको चेक पिन हस्तान्तरण गरेका छन् ।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सन्‌राइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । सन्‌राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूर्वाधार निमानिर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

प्रकाशित : ८ असार २०८०, शुक्रबार १२:५३