नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व



काठमाडौं २९  माघ । नेपाल व्यवस्थापन संघ (म्यान)मा नयाँ कार्यसमित चयन भएको छ । म्यानको शुक्रबार सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा संस्थागततर्फबाट नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डित, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, सिदार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र, नागरिक लगानी कोषका प्रबन्ध निर्देशक रामकृष्ण पोखरेल, कर्मचारी सञ्चय कोषका प्रबन्धक ध्रुव भट्टराई र नेपाल टेलिकमका प्रमोद उपाध्यय निर्वाचित भएका छन् ।

यसैगरी व्यक्तिगततर्फबाट डा. सुनिल पन्त, डा विनोद आत्रेय, शुशील भट्ट, जेनिशा भट्टराई, डा. फत्तबहादुर केसी, सुशीलकुमार अर्याल, डा. विष्णु खनाल, डा. राजन थापा, दिलिपराज पौडेल, डा शतिसकुमार ओझा र मोहनराज ओझा निर्वाचित भएका छन् । संघको विधानअनुार अध्यक्षलगायत पदाधिकारी भने निर्वाचित सदस्यबाट चुनिनेछ ।

म्यानेजर अफ दिन एयर २०१६ एनएमबीका पौडेललाई

संघले ‘म्यानेजर अफ दिन एयर २०१६’ को अवार्ड एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई प्रदान गरेको छ । पौडेले सो बैंकमा विगत १६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत छन् । उनले फाइनान्सहुँदै सो बैंकलाई वाणिज्य बैंकसम्म पुर्याएका हुन् ।

यसैगरी, संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलियालाई ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ र भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘म्यानेजर अफ दि वाच २०१६’ बाट सम्मान गरेको छ ।

प्रकाशित : २९ माघ २०७३, शनिबार ११:३५