दुर्घटनामा परेका सुदूरपश्चिमका कानुनमन्त्री सहित ३ जनालाई उपचारका लागि नेपालगन्ज लगियाे,पत्नीसहित २ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुर्घटनामा परेका सुदूरपश्चिमका कानुनमन्त्री सहित ३ जनालाई उपचारका लागि नेपालगन्ज लगियाे,पत्नीसहित २ जनाको मृत्यु



काठमाडौं । बझाङमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र उनकी भाउजूको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउापालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

प्रकाशित : ५ असार २०८०, मंगलवार १८:०७