स्वविवेक प्रयोग गरेर लगानी र ब्याजदर बढाउन घटाउन गभर्नरको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वविवेक प्रयोग गरेर लगानी र ब्याजदर बढाउन घटाउन गभर्नरको सुझाव



काठमाडौं, २८ माघ  । गर्भनर चिरञ्जीवि नेपालले केन्द्रिय बैंकलाई अप्ठ्यारोमा पार्ने काम नगर्न बैंक तथा वित्तिय संस्थालाई आग्रह गरेका छन् ।

एनआईडिसी क्यापिटललाई एक्वाएर गरेको सनराईज बैंकको एकीकृत कारोबार सुभारम्भ गर्दै गर्भनर नेपालले बैंकहरु आफैंले स्वविवेक प्रयोग गरेर लगानी र ब्याजदर बढाउन घटाउन सुझाए ।

केही दिन पहिले बैंकरलाई बोलाएर सीमित वर्गलाई फाइदा पुग्ने गरि निक्षेपको ब्याज बृद्धि गरिएको भन्दै आक्रोस पोखेका उनले बुधबार बैंकरहरुले निक्षेपको अधिकतम ब्याज १२ प्रतिशत कायम राख्ने लगायत अनुत्पादक क्षेत्रमा तत्काललाई कर्जा प्रवाह नगर्ने निर्णयको प्रशंसा गरे ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्र बैंकले उद्यमी र बैंकहरुको रेफ्रिको रुपमा काम गर्नुपर्नेमा एक पक्षिय रुपमा काम गरेको आरोप लगाए । ‘बैंकरहरुको पक्षमा लागेर राष्ट्र बैंकले एक तर्फिय निर्णय गर्दा हामी उद्यमीहरुमा मारमा परेका छौं ।’ उनले भने, ‘हिजोका दिनहरुमा हामीलाई बोलाई बोलाई ऋण दिने आज ब्याजदर वृद्धि हामीलाई एक वचन पनि नसोध्ने यो कस्तो खेल हो ।’ उनले एक तर्फिय रुपमा ब्याजदर अधिक रुपमा बढाउनु राम्रो नभएको उल्लेख गरे ।

त्यस्तै बैंकर्स एशोसिएशनका अध्यक्ष अनिल केशरी शाहले अहिले निक्षेपका ब्याजदरमा गरिएको वृद्धि केही समयका लागि मात्रै भएको  जानकारी गराए ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार १०:४४