यूनाइटेड मोदीले पायो आइपीओको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यूनाइटेड मोदीले पायो आइपीओको अनुमति



काठमाडौं  २८ माघ। यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले प्रस्ताव गरेको १७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर आइपीओको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले यो जलविद्युत कम्पनीलाई सर्वसाधारणका लागि एकसय रुपैयाँ अंकित मूल्यको कुल १७ लाख २५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि माघ १९ गते अनुमति दिएको हो ।

कम्पनीले आफ्ना कर्मचारी र सर्वसाधारणका लागि आइपीओ जारी गर्न अनुमति मागेको हो । एनआइबिएल क्यापिटल मार्केट लिमीटेड यूनाइटेडको आइपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।

यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले यसअघि ११ करोड ५० लाख रुपैयाँ मूल्यको ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र(पर्वत)का बासिन्दाका लागि २०७३ भदौ २६ देखि असोज ९ सम्म निश्कासन गरिसकेको छ ।

यूनाइटेड मोदी हाइड्रोपावरले १० मेगावाट क्षमता र १०.५ मेगावाट क्षमताको गरी कुल २ आयोजना निर्माण गरिरहेको छ ।

यूनाइटेड मोदीले यसअघि नै तल्लो मोदी १ निर्माण गरी २०६९ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । १० मेगावाटको तल्लो मोदी १ आयोजना पर्वत जिल्लामा अवस्थित छ । यो कम्पनीले तल्लो मोदी २ जलविद्युत आयोजना सर्वसाधारण बासिन्दाको सहयोगमा निर्माण गर्न लागेको छ ।

प्रकाशित : 10 February, 2017 5:52 am