काठमाडौं । चालु आवको वैशाख महिनामा १० हजार भन्दा बढी बीमितले पोलिसी सरेन्डर गरेका छन् । यस अवधिमा हाल सञ्चालनमा रहेका १५ बीमा कम्पनीका १० हजार ७९७ बीमितले एक अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।
बीमा प्राधिकरणका अनुसार यस अवधिमा नेपाल लाइफका इन्स्योरेन्स कम्पनीका सर्वाधिक पोलिसी सरेन्डर भएका छन् । वैशाखमा नेपाल लाइफका २ हजार ३८७ बीमितले ३१ करोड ९८ लाख ४५ हजार रुपैयाँ बराबरको बीमालेख त्यागेका हुन् ।
त्यस्तै, दोस्रोमा एसियन लाइफका २ हजार ६७६ बीमितले ३१ करोड ८५ लाख ७८ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय बीमा संस्थानका एक हजार ४४२ बीमितले १० करोड ३४ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् भने लाइफ इन्स्योरेन्स कम्पनीका एक हजार ३४८ बीमितले १५ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
त्यस्तै, यस अवधिमा नेशनल लाइफका ७९० बीमितले ७ करोड ८७ लाख ४८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । मेट लाइफ इन्स्योरेन्सको ३ करोड २० लाख १७ हजार रुपैयाँ बराबरको ४०३ वटा, आईएमई लाइफको एक करोड ९ लाख ४१ हजार रुपैयाँ बराबरको १०५ वटा र सन नेपाल लाइफको ३७ लाख ४२ हजार रुपैयाँ बराबरको ५२ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यसैगरी, चालु आवको वैशाख महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ११३ बीमितिले ६८ लाख ७९ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् भने सिटिजन लाइफका १२२ बीमितले ९४ लाख ३५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, यस अवधिमा प्रभु लाइफ इन्स्योरेन्सका २०१ बीमितले ८ करोड ५८ लाख ८ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणका अनुसार वैशाखमा महालक्ष्मी लाइफका ५८ लाख ३ हजार रुपैयाँ बराबरको ४८ वटा, सूर्य ज्योति लाइफको ६ करोड रुपैयाँ बराबरको २७३ वटा, सानिमा रिलायन्स लाइफको एक करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको १२५ वटा र हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको ५७७ बीमालेख सरेन्डर भएका छन् ।
Comment