काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न निर्देशन दिएको हो ।
समितिबाट बिस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मको लागि नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईन्सेन्स प्रकृया अघि नबढाउन निर्देशन दिएको छ ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै आगामी बैठकमा अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स वितरण सम्बन्धमा विस्तृत छलफल गर्ने पनि समितिले जनाएको छ ।
Comment