काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । बैंकले ‘एक कर्मचारी, एक बिरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिका उन्नत बोटबिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो ।
बैंकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिरहाको मिर्चैया, काठमाडौंको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रंगशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण गरेको जनाएको छ ।
बैंकले आयोजना गरेको बृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय नागरिकलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिको प्रत्यक्ष सहभागिता थियो ।
बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ ।
Comment