आन्तरिक ऋण उठाउन ३० अर्ब ८७ करोडको ट्रेजरी बिल बाेलकबाेल गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

आन्तरिक ऋण उठाउन ३० अर्ब ८७ करोडको ट्रेजरी बिल बाेलकबाेल गर्दै राष्ट्र बैंक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ २२ गते सोमबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको नयाँ तथा २५ अर्ब ८७ करोड ५० लाख बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

सरकारलाई आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार जारी हुनेछ । बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ गरी कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १९ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १९ गते, १८२ दिन अवधिको मंसिर १९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

सरकारले जारी गरेको पछिल्लो ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २८ दिनेको ७.५४ प्रतिशत कायम भएको छ । त्यसैगरी ९१ दिने ट्रेजरी बिल्सका ९.१६, १८२ दिनेको ९.१३ र ३६४ दिने ट्रेजरी बिल्सको ८.८० प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १२:५२ 5 June, 2023 12:52 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।