नेपाल कर्पोरेट लयर्स एशोसिएशनको तदर्थ समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल कर्पोरेट लयर्स एशोसिएशनको तदर्थ समिति गठन



काठमाडौं । नेपाल कर्पोरेट लयर्स एशोसिएशन तदर्थ समिती गठन भएको छ । समितिको अध्यक्षमा अधिवक्ता सम बहादुर भट्ट, उपाध्यक्षमा अधिवक्ता विमल सापकोटा र अधिवक्ता भगीरथ दुलाल, सचिवमा अधिवक्ता रामप्रसाद चापागाईं, सहसचिवमा अधिवक्ता टेक प्रसाद कट्टेल र अधिवक्ता मुन्नी श्रेष्ठ, कोषाध्यक्षमा अधिवक्ता चक्रबहादुर थापा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अधिवक्ता विजया शर्मा, अधिवक्ता चित्र बहादुर कुताल विष्ट, अधिवक्ता भवानी भट्टराई गैरे, अधिवक्ता मीना पहाडी, अधिवक्ता शारदा नेपाल, अधिवक्ता राजकुमार महतो, अधिवक्ता कुन्दन कुमार झा, अधिवक्ता इन्दु कार्की लगायतका कानुन व्यवसायीहरु रहेका छन् ।

कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरुको हकहित तथा अधिकार स्थापना तथा पहिचान स्थापित गर्न, पेशागत मर्यादा कायम गरी सो क्षेत्रका कानून ब्यवसायीहरुलाई कुनै पनि राजनैतिक गतिविधि गर्ने उद्देश्यले नभई विशुद्ध पेशागत हकहित अधिकार स्थापना र पहिचान दिने मुख्य उद्देश्यले नेपाल कर्पोरेट लयर्स एशोसिएशन संस्था १५ सदस्यीय तदर्थ समितिको गठन गरिएको छ।

कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले नेपाल बार एशोसिएशनले संसारमै चलेको च्याम्वर लयर्स प्राक्टिसलाई नजर अन्दाज गरेको र कर्पोरेट क्षेत्रका वकिलहरुलाई बारको चुनावमा भन्दा अरुबेला जहिले पनि दोश्रो दर्जाको वकिलको रूपमा हेरेर उपेक्षा गरेकोमा रोष प्रकट गरेका थिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य बालकृष्ण गैरे, सर्वोच्च अदालत, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतका बार एकाईका प्रतिनिधि लगायतका कानून व्यवसायीहरुले आ-आफ्नो मन्तव्य राखेका थिए । यो संस्था कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरुको हक अधिकारको संरक्षण गर्ने र कम्पनी, उद्योग व्यवसाय सँग प्रत्यक्ष सम्बन्ध राख्ने उद्योगी व्यवसायीको र सम्बन्धित निकायको बिचमा पुलको रूपमा कार्य गर्ने गराउने उद्देश्यले स्थापित भएको हो ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १२:३९