काठमाडौं २६ माघ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पुर्ननिर्माणलाई अगाडी बढाउन निर्देशन दिएको छ । भूकम्पपछिको पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको हो ।
समितिको बुधबार बसेको बैठकले प्राधिकरणको हालसम्मको काम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेललाई बैठकमा बोलाएर समितिले एक महिनाभित्रै आवास निर्माणका लागि पहिलो किस्ताको बजेट दिईसक्न भनेको छ ।
साथै तीन महिनाभित्र दोस्रो किस्ताको बजेट दिई आगामी वर्षा अगावै भूकम्प पीडितलाई सुरक्षित आवासको व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिइएको लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
Comment