यसरी बन्छ बिग्रिएको फोनबाट ओलम्पिक पदक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

यसरी बन्छ बिग्रिएको फोनबाट ओलम्पिक पदक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

टोकियो  । सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

खेलकुदलाई वातारण मैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कास्यपदक बनाउन लागेका हुन् ।

ओलम्पिक आयोजकहरुले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् । यसका लागि ओलम्पिक आयोजकले जापानी नागरिकलाई पुराना मोवाइल फोनलगायत अनावश्यक इलेक्ट्रिक डिभाइस उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रकाशित : २६ माघ २०७३, बुधबार १२:१२ 8 February, 2017 12:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।