बचत तथा ऋण सहकारीले कति अब तिर्नु पर्छ आय कर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

बचत तथा ऋण सहकारीले कति अब तिर्नु पर्छ आय कर ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई लाग्ने आयकर बढाएको छ ।

आज आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उप-महानगरपालिमा १५ प्रतिशत र महानगरपालिकामा २० प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको हो ।

गाउँपालिकामा सञ्चालित सबै किसिमका सहकारीलाई आयकरमा भने पूर्ण रूपमा छुट दिएको छ । यस अघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पनि आयकर बढका थिए । तर, पछि सहकारी अभियानको बिरोधपछि फिर्ता भएको थियो ।

यस पटक अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि आयकर बढाएका छन् ।

सहकारी ऐन २०७४ मा नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ५ प्रतिशत, उप-महानगरपालिमा ७ प्रतिशत र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ।

अन्य प्रकृतिका सहकारीको हकमा भने पुरानै दर कायम गरिएको छ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार २१:३४ 29 May, 2023 9:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।