नबिल बैंक भन्छ- ग्राहकले यी कुरा गोप्य राखेकै राम्रो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

नबिल बैंक भन्छ- ग्राहकले यी कुरा गोप्य राखेकै राम्रो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नबिल बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउन अनुरोध गरेको छ ।

पछिल्लो समय बैंक एवं अन्य संस्थाको नाम लिएर प्रयोगकर्ताको इमेल वा मोबाइलमा आएको कोड मागेर ह्याक गर्ने र पैसा समेत ठगी गर्ने घटनाहरू बढेका छन् । यस्तोमा नबिल बैंकले यस किसिमको गोप्य राख्नु पर्ने जानकारी कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको हो ।

एक सूचना जारी गर्दै बैंकले भनेको छ, “बैंकले इमेल वा फोनमार्फत तपाईको पासवर्ड वा अन्य गोप्य राख्नु पर्ने जानकारी नसोध्ने भएकोले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउन हुन हाम्रो अपिल छ ।”

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार १३:२० 25 May, 2023 1:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।