सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २५ लाख ६९ हजार २२०.५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो।

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यो बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार १३:२४