सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सरकारले वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।

संघीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्याक्रम पेस गर्नेछन्। सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।

संघीय संसद् सचिवालयका अनुसार साँझ ६ बजे बस्ने अर्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी नीति तथा कार्यक्रमममाथि जेठ ७ गतेदेखि ९ गतेसम्म राष्ट्रियसभामा छलफल हुने छ । छलफलका क्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्री दाहालले जेठ ९ गते दिने कार्यक्रम छ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार ११:३२ 19 May, 2023 11:32 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।