काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रासायनिक मल उत्पादनबारे नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरुका आधारमा सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले मल कारखाना स्थापना कार्यलाई सरकारले उच्च प्राथमिकताकामा राखेको बताए ।
‘लगानी बोर्डमा प्राप्त विभिन्न प्रस्तावहरुको अध्ययनका आधारमा मल कारखाना स्थापनाको कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने जानकारी सदनलाई दिन चाहान्छु’ प्रधानमन्त्री प्रचण्डले भने ।
Comment