काठमाडाैं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र गणेशमानसिहं मेमोरियल स्वास्थ्य सहकारी संस्थालिद्वारा सञ्चालित गणेशमानसिहं मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बीच सदस्यहरुलाई स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र गणेशमानसिहं अस्पतालका अध्यक्ष दिपक प्रकाश बास्कोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार चन्द्रागिरि साकोसका सदस्य, सदस्यका परिवार र समुदायका गरिब तथा असाहाय व्यक्तिहरुले स्वास्थ्य सेवा छुट प्राप्त गर्नेछन् । त्यसैगरी सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा २०५ र अन्य विशेष सेवाहरु जस्तै क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
साथै वर्षको एक पटक होल बडी चेक अप( सामान्य तथा विशेष स्वास्थ्य प्याकेज )समेत मा ३० प्रतिशत र ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई उल्लेखित सेवाहरु लिँदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । चन्द्रागिरि साकोसका ललितपुर जिल्लाका चन्द्रागिरि सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । यस अघि चैत्र २४ गते सितापाईला स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल संग पनि संस्थाले स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
Comment