काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सजिलो व्यवस्था लागू गरेको बताएका छन् । मौद्रिक नीतिको समीक्षा सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले समीक्षामार्फत लिइएको नीतिले अफ्ट्यारो अवस्थालाई सहज बनाउने दाबी गरेका हुन् ।
उनले ब्याजदर समग्रमा १ प्रतिशत विन्दूले घटाइएको र यसले निक्षेप तथा कर्जाको ब्याज सस्तिने र आर्थिक गतिशीलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुका ग्राहकलाई कसरी सहज बनाउने भन्ने जिम्मा तिनै बैंकलाई दिनेगरी कतिपय व्यवस्था समेत भएको दाबी गरे ।
Comment