काठमाडौं । विश्वभरका पर्यटकहरुलाई बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ शुरु भएको छ । मार्टको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने तथा ट्राभल कम्पनीहरुलाई लुम्बिनीलाई केन्द्रमा राखेर टुरप्याकेज निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
मार्टको विहिबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी) ले उद्घाटन गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजनमा लुम्बिनीमा ३ दिने मार्ट शुरु भएको हो । विहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको मार्टको उद्घाटन पवन प्यालेसमा भएको छ ।
उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे । उनले गौतमबुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एक पटक भए पनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरुले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि दोस्रो बुुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए । उनले नेपालको लागि लुम्बिनी र बुद्ध विश्वमा परिचित स्थल भएकाले यसमार्फत विश्वभरका पर्यटकलाई निम्तो दिइएको बताए ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओलीले विमेष्टेक क्षेत्रका देशहरुलाई लुम्बिनीसँग जोडेर गतिविध संचालन गर्न सके लुम्बिनीमा पर्यटकीय गतिविधि बढाउन सकिने उल्लेख गर्दै आफुहरुले पनि विमेष्टेक देहरुसँग बुद्धिष्ट पर्यटन प्रर्वद्धनको लागि पहल गरिरहेको जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले लुम्बिनीको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीमा मार्टको आयोजना गरिएको जानकारी दिए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितिले लुम्बिनीको पर्यटन चलायमान हुने बताए ।
कार्यक्रममा होटल एशोसियशन नेपाल (हान) का अध्यक्ष विनायक शाह,नाटाका अध्यक्ष रमेश थापा लगायतले लुम्बिनी आफैमा महत्वपूणर् पर्यटकीय गन्तवय भएको अवस्थामा यस प्रकारका कार्यक्रमले यस क्षेत्रको पर्यटन थप चलायममन हुने अपेक्षा गरे ।
मार्टमा नेपाल सहित भारत, मलेसिया, चीन, कोरिया , बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल र टूर कम्पनीहरु सहभागी भएका छन ।
मार्टमा विदेशी ट्राभल र टूर कम्पनीका प्रतिनिधीहरु, नेपाल सरकारका प्रतिनिधीहरु, नेपाल पर्यटन वोर्डका अधिकारीहरु, नाटा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघ र संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरुको सहभागिता छ । शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरु द्वारा कार्यपत्र प्रस्तुती सहितको सेमिनारको आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले जानकारी दिए । यो मार्टमा प्रस्तुत कार्यपत्र तथा छलफलका माध्यमबाट नेपालको लुम्बिनी लगायत वुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार तथा नेपाललाई पर्यटकिय हव बनाउने बारेमा निष्कर्ष निकालिने उनले जानकारी दिए ।
कार्यक्रममा जर्मनका विज्ञ प्रोफेसर म्याक्स डिंग, बंगलादेशका मोहोदिन हिला, एंव अष्ट्रेलियाबाट विज्ञ किरन अजित सहभागी छन । सम्मेलनले लुम्बिनीमा पर्यटकहरुलाई आर्कषित गर्न टेवा पुुग्ने विश्वास लिइएको छ ।
Comment