काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइजीआई प्रुडेन्सियल इन्स्यारेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई आज शपथ गराएका छन् । अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा अध्यक्ष ढकाललाई शपथ गराएका हुन् ।
उक्त अवसरमा नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे ।
साथै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले पनि ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको पनि उपस्थित थियो ।
Comment