स्याङ्जामा सुन्तला शित भण्डारको क्षमता वृद्वि गर्न सांसद थापाको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

स्याङ्जामा सुन्तला शित भण्डारको क्षमता वृद्वि गर्न सांसद थापाको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले आफ्नो गृह जिल्ला स्याङ्जामा पर्याप्त शित भण्डार र दक्ष प्राविधिकको व्यवस्थाको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभा अन्तर्गत आजको बैठकको शून्य समयमा आफ्नो विचार राख्दै सांसद थापाले स्याङ्जाबाट गत बर्षमात्र करिब डेढ अर्बको सुन्तला निर्यात भएको स्मरण गराउँदैं धेरै सुन्तला भण्डार गर्नका लागि पर्याप्त शित भण्डार नहुँदा र दक्ष प्राविधिक नहुँदा सुन्तला कुईएको भन्दै संसदको ध्यानाकर्षण गराएका हुन् ।

उनले आगामी दिनमा सुन्तला भण्डार गर्नका लागि शित भण्डारको क्षमता बृद्धि गर्दै दक्ष प्राविधिकको व्यवस्थाका लागि माग गरेका हुन् । यस्तै सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रको दक्षिण एसियाकै पहिलो नमुना गाउँ दरौं सिरुवारीलाई होमस्टेलाई अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन माग गरेका छन् ।

आधिखोला गाउँपालिका वडा नं १ मा रहेको दरौं सिरुवारीलाई होमस्टेलाई होमस्टे अध्ययन केन्द्र बनाउनुपर्ने माग गरेका हुन् ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार १४:०४