काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओ आज ९बुधबार० बिहान बाँडफाँट भएको छ । यसमा १ लाख २६ हजार ८६३ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताको दरले सेयर पाएका हुन् ।
यस आइपीओका लागि कुल १२ लाख ३ हजार ९९५ जनाले आवेदन दिएकामा ४ हजार २८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले कुल १८ लाख कित्ता आइपीओमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको थियो । त्यस्तै, ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, इङवा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Comment