टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा फरार रहेका भनिएको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री तथा संसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको प्रहरीले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा परेकाले प्रहरीले रायमाझिको घरमा छापा मारेको छ । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेपनि प्रहरी रायमाझिको खोजीमा लागेको छ ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार १६:१८ 9 May, 2023 4:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।