काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा फरार रहेका भनिएको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री तथा संसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको प्रहरीले जनाएको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा परेकाले प्रहरीले रायमाझिको घरमा छापा मारेको छ । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेपनि प्रहरी रायमाझिको खोजीमा लागेको छ ।
Comment