हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने बताएका छन् । प्रि–बजेट छलफलका क्रममा मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘सकेसम्म यो सिस्टमलाई यही आर्थिक वर्षभित्र सुधारेर नयाँ मार्गमा जान सक्दछौँ, ‘हामी सबैको सहयोग र एकाग्रताबाट त्यो सम्भव हुन्छ।’

त्यस्तै, उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने र अर्थतन्त्र चलायमान बनाउन आगामी आर्थिक वर्षको सुरुआतदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने पनि बताए। ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिनँ, लामो प्रोसेस हुन्छ’, उनले भने।

अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने पनि बताए। ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन् तर हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’, उनले भने।

प्रकाशित : २६ बैशाख २०८०, मंगलवार १४:१६