सुनको मुल्य तोलामा ३०० रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ३०० रुपैंयाले बढ्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको मुल्य प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मुल्य लगातार तेस्रो दिन मंगलबार पनि स्थिर रहँदै प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको छ। सोमबार पनि चाँदीको मुल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २६ बैशाख २०८०, मंगलवार ११:१३