निजामति कर्मचारीको सिंहदरबारमा धर्ना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निजामति कर्मचारीको सिंहदरबारमा धर्ना



काठमाडाैं । निजामति कर्मचारीहरुले सिंहदरबारमा धर्ना दिएका छन् । बिहीवार आज संघिय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् ।

उनीहरुले संघिय निजामति ऐन जारी नगरे वैशाख २४ गतेदेखि आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले यही २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संठनका उपाध्यक्ष प्रभात साहले संघिय निजामति ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेको बताए ।

उनले संघिय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय निजामति सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताए । अहिलेको शान्तिपर्ण आन्दोलनलाई सकारले वेवस्ता गरे कडा आन्दोलनमा उत्रने बताए ।

प्रकाशित : २१ बैशाख २०८०, बिहीबार १२:११