लुम्बिनी विकास बैंकले पायो ऋणपत्र बिक्री गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकले पायो ऋणपत्र बिक्री गर्ने अनुमति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लुम्बिनी विकास बैंकलाई अनुमति दिएको छ। बोर्डले ‘एलबीबीएल डिबेन्चर–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै अब लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। लुम्बिनी विकास बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार १३:२० 24 April, 2023 1:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।