सुनको मुल्य तोलामा २०० रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा २०० रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन पनि छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार ११:३५