तनहुँ १ का उम्मेदवार भट्टराईलाई आचारसंहिता अनुगमन समितिले सोध्यो स्पष्टीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

तनहुँ १ का उम्मेदवार भट्टराईलाई आचारसंहिता अनुगमन समितिले सोध्यो स्पष्टीकरण



तनहुँ । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द् भट्टराईलाई जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । मौनअवधि सुरु भइसकेपछि अर्थात वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।

भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फत् उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ । समितिले स्पष्टीकरण मागेका भट्टराई गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार हुन् ।

प्रकाशित : १० बैशाख २०८०, आईतवार १२:५०